बालवाङमय तथा अनुसन्धान केन्द्रको आयोजनामा मिति २०८२ असार १४ गते अभिप्रायगत कथा लेखन कार्यशाला अन्तर्गत तयार पारिएको बालकथा लेखन सम्बन्धी कार्यशाला ललितपुर स्थित युनिभर्सल क्याफेमा सम्पन्न भयो । यसअघि प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गत जेठ १० गते सोही स्थानमा एउटा कार्यशाला गरी हरेक लेखकलाई कथाका विषय तोकिएको थियो । सोही विषयमा लेखिएका कथाहरूलाई समीक्षा गरिएको थियो ।

