बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट British Council को सहयोगमा प्रकाशित ७ बालपुस्तक आज साउन १०, २०८३ का दिन सार्वजनिक भएका छन् । राजधानीको …









































हाम्रो बारेमा
बालवाङ्मय तथा अनुसन्धान केन्द्र नेपालमा बालसाहित्यको विकास तथा यसबारे अनुसन्धान गरी पठन संस्कृतिको विकासका लागि स्थापित एक गैरसरकारी संस्था हो । यसको स्थापना २०६९ साल मंसिरमा भएको हो ।
राष्ट्रका भविष्य बालबालिकालाई देश र समाजका लागि योगदान दिन सक्ने र आधुनिक प्रतिश्पर्धी विश्वका लागि योग्य व्यक्ति बनाउनका लागि तिनको शैक्षिक, वौद्धिक, संवेगात्मक तथा सामाजिक विकास हुनु जरुरी छ । यसका लागि परिवार, विद्यालय, समाज र राज्यको विशेष दायित्व रहन्छ । यसका लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्न, गराउन सघाउन तथा बालबालिकाको व्यक्तित्व विकासका लागि चाहिने मानसिक एवम् वौद्धिक खुराकका विषयवस्तुको उत्पादन, प्रबर्धन र प्रसार गर्न तथा बालसरोकारका विषयहरूमा अनुसन्धानात्मक काम गर्नका लागि बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना भएको हो । संस्था दर्ता ऐन २०३४ को अधीनमा रही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यो संस्था दर्ता भई नियमित नवीकरण हुँदै आएको छ ।
यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी संस्था हो । यो संस्थाले आफ्नो उद्देश्यबाहेक आय आर्जनको काम गर्ने छैन ।
समाचार अपडेट
बृटिस काउन्सिल अन्तर्गत Equal Together, 2025
लैङ्गिक अनुदान अन्तर्गत अपराजिता बालकथा शृङ्खलामा विभिन्न विद्यालयमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्री अनन्त वाग्ले, महासचिव श्री शान्ति सापकोटा तथा प्रोजेक्ट संयोजक …
बालसाहित्य सर्जकहरू जापानका बालपुस्तकमा मग्नमस्त
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बिगत ३ वर्षदेखि नेपाल जापान बालपुस्तकालयमा हरेक महिनाको पहिलो शनिबार कथा वाचन गर्दै आएको छ । आजसम्म २४ …
सहयोग/सहकार्य
बालवाङ्मय तथा अनुसन्धान केन्द्रसँग तपाईं यसरी सहकार्य गर्न वा सहयोग गर्न सक्नु हुन्छ :
- पढाइ मेला आयोजना
- बालसाहित्य महोत्सव आयोजना
- विभिन्न विषयवस्तुमा कथा लेखन कार्यशाला
- कविता लेखन कार्यशाला
- कथा वाचन
- चित्राङ्कन कार्यशाला
- स्थलगत लेखन
- सफलताका कथा लेखन
- पठन संस्कृतिबारे चर्चा, वहस, छलफल
- बालसाहित्यका नयाँ पुस्तक विकास, सम्पादन, प्रकाशन, विमोचन, समीक्षा, अनुवाद
- बाल नाटक, बाल रंगमञ्च
- अध्ययन भ्रमण
- सह-प्रकाशन
- विशेषज्ञ सेवा
- अनुसन्धान
- पुस्तक प्रदान
सम्पर्क
9841259310/9841180116
Sunday - Friday from 9am - 5pm
Anamnagar, Kathamandu
Nepal
clrc2069@gmail.com
Email us.
