बालवाङ्मय तथा अनुसन्धान केन्द्रको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

बालवाङ्मय तथा अनुसन्धान केन्द्रको ११ औँ वार्षिक साधारण सभा २०८३ भदौ १४ गते आइतबारका दिन ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न भयो । केन्द्रका अध्यक्ष श्री अनन्त वाग्लेको अध्यक्षतामा भएको साधारण सभामा सल्लाहकार सिर्जना शर्माले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव सन्जोग ठकुरीले गर्नुभएको थियो । सभाले महासचिव श्री शान्ति सापकोटाले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री मनोज श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको थियो । 

सभामा केन्द्रका सल्लाहकार, कार्यसमिति पदाधिकारीहरू तथा आजीवन सदस्यहरूको उपस्थिति थियो । 

सभामा केन्द्रका सल्लाहकारहरू प्रा. रामकुमार पाँडे, केके कर्माचार्य, रामबाबु सुवेदी, प्रमोद प्रधान, प्रा. तारानिधि भट्टराई, गंगा कर्माचार्य पौडेल, प्रा. धर्म डंगोललगायतले विभिन्न सुझाव र सल्लाह प्रदान गर्नु भएको थियो । सभाले रिक्त कार्य समिति सदस्य पदमा शशी अर्याललाई सर्वसम्मतिले चयन गरेको थियो । 

साधारण सभाभन्दा अगाडिको सत्रमा केन्द्रका सल्लाहकार प्रा. रामकुमार पाँडेको अनुसन्धानात्मक नवीन पुस्तक ‘कथोपचार’ सार्वजनिक गरिएको थियो । लेखक पाँडेका साथै कलाकार केके कमाचार्य, कवि रामबाबु सुवेदी, भूगर्भविद् डा. तारानिधि भट्टराई, वनस्पतिविद् डा. धर्म डंगोल, अनुसन्धाता प्रमोद प्रधान, केन्द्र सल्लाहकार सिर्जना शर्मा तथा गंगा कर्माचार्य पौडेल, केन्द्र अध्यक्ष अनन्त वाग्लेलगायतले पुस्तक सार्वजनिक गर्नु भएको थियो । केन्द्र महासचिव शान्ति सापकोटाले सञ्चालन गर्नु भएको पुस्तक सार्वजनीकरण कार्यक्रममा अध्यक्ष वाग्लेले स्वागत गर्नु भएको थियो । 

पुस्तक सार्वजनिकरणसँगै पत्रकार तथा केन्द्रका कार्यसमिति सदस्य सुशीला तामाङले समुह छलफल सहजीकरण गर्दै कथोपचार पुस्तकबारे वहस गराउनु भयो । वहसमा लेखक पाँडेका अतिरिक्त प्रमोद प्रधान र तारानिधि भट्टराईले पुस्तकका सम्बन्धमा आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *