बालवाङ्मय तथा अनुसन्धान केन्द्र परिचय
बालवाङ्मय तथा अनुसन्धान केन्द्र नेपालमा बालसाहित्यको विकास तथा यसबारे अनुसन्धान गरी पठन संस्कृतिको विकासका लागि स्थापित एक गैरसरकारी संस्था हो । यसको स्थापना २०६९ साल मंसिरमा भएको हो । संस्था दर्तापछि यसको पहिलो वैठक २०६९ साल मंसिर २६ गते बसेको थियो ।
राष्ट्रका भविष्य बालबालिकालाई देश र समाजका लागि योगदान दिन सक्ने र आधुनिक प्रतिश्पर्धी विश्वका लागि योग्य व्यक्ति बनाउनका लागि तिनको शैक्षिक, वौद्धिक, संवेगात्मक तथा सामाजिक विकास हुनु जरुरी छ । यसका लागि परिवार, विद्यालय, समाज र राज्यको विशेष दायित्व रहन्छ । यसका लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्न, गराउन सघाउन तथा बालबालिकाको व्यक्तित्व विकासका लागि चाहिने मानसिक एवम् वौद्धिक खुराकका विषयवस्तुको उत्पादन, प्रबर्धन र प्रसार गर्न तथा बालसरोकारका विषयहरूमा अनुसन्धानात्मक काम गर्नका लागि बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना भएको हो । संस्था दर्ता ऐन २०३४ को अधीनमा रही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यो संस्था दर्ता भई नियमित नवीकरण हुँदै आएको छ ।
यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी संस्था हो । यो संस्थाले आफ्नो उद्देश्यबाहेक आय आर्जनको काम गर्ने छैन ।
•
