वरिष्ठ बालसाहित्य प्रबर्धकद्वय बन्धु र पाँडे सम्मानित


काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले २०८२ जेठ १० गते शनिबारका दिन ललितपुरमा आयोजित एक समारोहमा वरिष्ठ बालसाहित्य प्रबर्धकद्वय प्रा.डा. चूडामणि बन्धु र प्रा. रामकुमार पाँडेलाई सम्मान गरेको छ । नेपाल बालसाहित्य समाजद्वारा आयोजित संरक्षक सम्मान कार्यक्रममा केन्द्रले पनि उहाँहरूमा सम्मान समर्पण गरेको हो ।
केन्द्रका तर्फबाट अध्यक्ष अनन्त वाग्लेले सम्मानपत्र वाचनपछि अग्रज स्रष्टाद्वयमा समर्पण गर्नु भएको थियो भने महासचिव शान्ति सापकोटाले खादा तथा मालाले सुशोभन गर्नु भएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्र अध्यक्ष वाग्लेका साथै डा.महादेव अवस्थी, डा.शैलेन्दुप्रकाश नेपाल, विजयराज न्यौपाने, विष्णु केसीलगायतका वक्ताले अग्रजद्वयमा सुस्वास्थ्य, दीर्घायु र सिर्जशील जीवनका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *