बालवाङ्मय अध्यक्षमा वाग्ले

काठमाडौं । बालसाहित्य प्रवर्धनमा कार्यरत संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा अनन्त वाग्ले निर्वाचित भएका छन् । गत साउन १७ गते शनिबार बबरमहलस्थित साप फल्चामा सम्पन्न केन्द्रको दशौँ वार्षिक साधारण सभाबाट वाग्ले आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका हुन् । केन्द्रको महासचिवमा शान्ति सापकोटा, उपाध्यक्षमा मञ्जु ज्ञवाली, सचिवमा सञ्जोग ठकुरी र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी कार्य समिति सदस्यहरूमा नेत्र तामाङ, रविन्द्र मानन्धर, सुशीला तामाङ र हिक्मत दाहाल चुनिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *