महासचिव सापकोटाद्वारा पुरस्कार रकम केन्द्रलाई अर्पण

बालवाङ्मय तथा अनुसन्धान केन्द्रकी महासचिव शान्ति सापकोटाले आफूले प्राप्त गरेको पुरस्कार रकम केन्द्रलाई अर्पण गरेकी छन् ।

केन्द्रकी महासचिव सापकोटाले कोषाध्यक्ष मनोज श्रेष्ठलाई नगद १० हजार पुरस्कार रकम केन्द्रलाई अर्पण गरेकी हुन् ।

कवि, बाल साहित्य सिर्जनामा प्रखर सापकोटा २०८१ म‌ंसिर २५ गते मंगलबार “जय–हीरा बालवाङ्मय किशोर आख्यान पुरस्कार” बाट पुरस्कृत भएकी थिइन् । उनले लेखनमा रहेको किशोरकथासंग्रह ‘मंकीमाइन्ड’ले वर्ष २०८१ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । पुरस्कार संस्थाकी सल्लाहकार लेखक सिर्जना शर्माले स्थापना गरेकी हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *