बालवाङमय तथा अनुसन्धान केन्द्रको नवौं साधारणा सभा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गर्दै सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अनन्त वाग्लेको अध्यक्षतामा भएको सभामा सल्लाहारहरू प्रा. रामकुमार पाँडे र प्रा.डा. रमेशप्रसाद भट्टराईद्वारा बालवाङ्मय अनुसन्धानको लघु प्रशिक्षण आयोजना गरिएको थियो ।
संस्थाका महासचिव शान्ति सापकोटाले भावी योजनाहरू समेत प्रस्ताव गर्दै पेश गरिएको वार्षिक प्रतिवेदन पेश आजीवन सदस्यहरुले अनुमोदन गर्नुभयो । साथै कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामार्फत प्रदान गर्दै आएका सम्मान तथा पुरस्कारहरूको अक्षय कोषहरूको व्यवस्थापनमा छलफल गर्नुभयो ।
त्यस्तै सल्लाहकार के. के. कर्माचार्य, प्रमोद प्रधान र सिर्जना शर्माले संस्थाका भावी योजनालाई कार्यान्वयन गर्नमा जोड दिनुभयो ।
उपाध्यक्ष मञ्जु ज्ञवालीले स्वागत तथा कार्यसमिति सदस्य रविन्द्र मानन्धरले धन्याद ज्ञापन गर्नुभएको सभामा अध्यक्ष अनन्त वाग्लेले अनुमोदित भावी योजनालाई कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता गर्नुभयो ।
सभालाई संस्थाका सचिव केदार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
२०८१ भदौ १
